पठन संस्कृति
सार्वजनिक मिनी पुस्तकालय (पुस्तक बक्स)
निःशुल्क खुला सार्वजनिक पुस्तक बक्समार्फत पठन संस्कृतिको प्रवर्द्धन।
Public mini library (Book Box)
- स्थान
- मङ्गलबजार क्षेत्र, वडा नं. १६, ललितपुर महानगरपालिका
- मिति
- २०२६
- अवस्था
- प्रस्तावित (फागुन २०८२)
- लाभान्वित
- मङ्गलबजारका बासिन्दा र आगन्तुक
- AAAK को योगदान
- निर्माण, पुस्तक, मर्मतसम्भार र सञ्चालन
- साझेदार / सहयोगी
- वडा कार्यालय नं. १६, ललितपुर (प्रस्तावित)
- नतिजा / प्रभाव
- सम्भाव्यता अध्ययन / मूल्याङ्कन जारी
- आगामी आवश्यकता
- वडाको स्वीकृति, स्थान उपलब्धता र निर्माणका लागि कोष
पृष्ठभूमि
AAAK ले खुला पुस्तकालय अवधारणाअन्तर्गत मङ्गलबजार क्षेत्रमा सार्वजनिक मिनी पुस्तकालय राख्न वडा कार्यालय नं. १६, ललितपुरलाई प्रस्ताव गरेको छ।
विवरण
वडाले उपयुक्त स्थान र स्वीकृति उपलब्ध गराउने; AAAK ले पुस्तक बक्स निर्माण र मर्मतसम्भार गर्ने, पाठ्यपुस्तक तथा अन्य पठन सामग्री निःशुल्क उपलब्ध गराउने र सञ्चालन गर्ने। यसका लागि सम्पदा शैलीको पुस्तक कुनाको डिजाइन तयार गरिएको छ।