छात्रवृत्ति तथा विद्यार्थी सहयोग कार्यक्रम
स्रोतको अभावमा कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुनु हुँदैन।
Scholarship and student support programme
- स्थान
- श्री दमाईटार आधारभूत विद्यालय, गोदावरी–१, ललितपुर
- मिति
- २०२६
- अवस्था
- शैक्षिक सत्र २०८३ देखि वार्षिक
- लाभान्वित
- २०८३ मा आर्थिक रूपमा विपन्न परिवारका नर्सरी तथा कक्षा १ देखि ८ सम्मका १५ विद्यार्थी तथा प्रारम्भिक बालविकास कक्षा
- AAAK को योगदान
- छनोट भ्रमण, लगानी र वितरण
- साझेदार / सहयोगी
- श्री दमाईटार आधारभूत विद्यालय। २०८३ का दाता: Amrit Neku, Kaji Ratna Awale, Rajesh Shakya, Rabindra Nakarmi, Sagun Karmacharya र Pradeep Man Singh (जम्मा रु. ८५,५६७.८६)
- नतिजा / प्रभाव
- शैक्षिक सत्र २०८३ का लागि १५ विद्यार्थीलाई सहयोग
- आगामी आवश्यकता
- हरेक शैक्षिक सत्रमा कार्यक्रम दोहोर्याउने र कोष अनुसार छात्रवृत्ति थप्ने।
पृष्ठभूमि
फागुन २०८२ मा AAAK ले विद्यालयसँगको समन्वयमा विद्यार्थीका परिवारको आर्थिक अवस्था र आवश्यकता बुझ्न तथा सत्र २०८३ का लागि विद्यार्थी छनोट गर्न स्थलगत भ्रमण गरेको थियो।
विवरण
छात्रवृत्ति पाएका प्रत्येक विद्यार्थीले विद्यालय पोसाक, झोला, जुत्ता, कापी, स्टेसनरी, चित्रकलाका किताब र चित्र कोर्ने पेन्सिल पाए। प्रारम्भिक बालविकास कक्षालाई कथाका किताब, पजल र चार्ट पेपर दिइयो। सोही कार्यक्रममा परिवारको जीविकोपार्जनमा सहयोग पुगोस् भनी एक विद्यार्थीका बुबालाई हाते सिलाइ मेसिन प्रदान गरियो।
तस्बिरहरू
भिडियो
गतिविधिहरू
- २०८३ जेठ १ · १५ मे २०२६
छात्रवृत्ति तथा पुरस्कार वितरण, सत्र २०८३
AAAK को शैक्षिक सत्र २०८३ को छात्रवृत्ति तथा पुरस्कार वितरण समारोह जेठ १ गते शुक्रबार श्री दमाईटार आधारभूत विद्यालयमा हर्ष, उत्साह र आत्मीयताका साथ सम्पन्न भयो। आर्थिक रूपमा कमजोर भए पनि मेहनती, लगनशील र जेहेन्दार नर्सरी तथा कक्षा १ देखि ८ सम्मका १५ जना विद्यार्थीलाई विद्यालय पोसाक, जुत्ता, झोला, कापी तथा स्टेसनरी सामग्री, कला पुस्तक र ड्रइङ पेन्सिल प्रदान गरियो। प्रारम्भिक बालविकास (ECD) कक्षाका नानीबाबुहरूका लागि कथा पुस्तक, पजल, चार्ट पेपर लगायतका शैक्षिक सामग्री सहयोग गरियो। सोही कार्यक्रममा एक विद्यार्थीका बुबालाई जीविकोपार्जन सहज बनाउन र आत्मनिर्भर बन्न प्रेरित गर्न हाते सिलाइ मेसिन प्रदान गरियो। सम्पूर्ण AAAK टिम, समन्वयमा विशेष भूमिका निभाउनुहुने शिक्षकवृन्द, सदस्य तथा सहयोगी साथीहरूप्रति हार्दिक कृतज्ञता।
- २०८२ फागुन १८ · २ मार्च २०२६
छात्रवृत्तिका लागि स्थलगत भ्रमण
विद्यालयसँगको समन्वयमा AAAK ले विद्यार्थीका परिवारको अवस्था बुझ्न र २०८३ को छात्रवृत्ति कार्यक्रमका लागि विद्यार्थी छनोट गर्न स्थलगत भ्रमण गर्यो।