AAAK [SEAS]अरनिको एलुम्नाई एसोसिएशन खुमलटार
EN NP

छात्रवृत्ति तथा पुरस्कार वितरण, सत्र २०८३

  1. २०८३ जेठ १ · १५ मे २०२६

    छात्रवृत्ति तथा पुरस्कार वितरण, सत्र २०८३

    AAAK को शैक्षिक सत्र २०८३ को छात्रवृत्ति तथा पुरस्कार वितरण समारोह जेठ १ गते शुक्रबार श्री दमाईटार आधारभूत विद्यालयमा हर्ष, उत्साह र आत्मीयताका साथ सम्पन्न भयो। आर्थिक रूपमा कमजोर भए पनि मेहनती, लगनशील र जेहेन्दार नर्सरी तथा कक्षा १ देखि ८ सम्मका १५ जना विद्यार्थीलाई विद्यालय पोसाक, जुत्ता, झोला, कापी तथा स्टेसनरी सामग्री, कला पुस्तक र ड्रइङ पेन्सिल प्रदान गरियो। प्रारम्भिक बालविकास (ECD) कक्षाका नानीबाबुहरूका लागि कथा पुस्तक, पजल, चार्ट पेपर लगायतका शैक्षिक सामग्री सहयोग गरियो। सोही कार्यक्रममा एक विद्यार्थीका बुबालाई जीविकोपार्जन सहज बनाउन र आत्मनिर्भर बन्न प्रेरित गर्न हाते सिलाइ मेसिन प्रदान गरियो। सम्पूर्ण AAAK टिम, समन्वयमा विशेष भूमिका निभाउनुहुने शिक्षकवृन्द, सदस्य तथा सहयोगी साथीहरूप्रति हार्दिक कृतज्ञता।

    स्थान
    श्री दमाईटार आधारभूत विद्यालय, गोदावरी–१
    विधा
    छात्रवृत्ति
    सहभागी
    छात्रवृत्ति पाएका १५ विद्यार्थी (नर्सरी तथा कक्षा १–८), ECD कक्षा, अभिभावक, शिक्षक र AAAK सदस्य
    नतिजा
    १५ जनालाई छात्रवृत्ति; एक परिवारलाई सिलाइ मेसिन सहयोग
    सहयोगी
    Amrit Neku (रु. १५,०००), Kaji Ratna Awale (रु. १३,५००), Rajesh Shakya (रु. १२,०००), Rabindra Nakarmi (रु. १५,०००), Sagun Karmacharya (रु. १५,०६७.८६), Pradeep Man Singh (रु. १५,०००)
    सम्बन्धित परियोजना
    छात्रवृत्ति तथा विद्यार्थी सहयोग कार्यक्रम

सबै परियोजना